Jagat Guru Shiva Shakti Baba

को हुन् शिव शक्ति बाबा ?

नेपालको झापा जिल्ला अन्तर्गत लेटाङ नगरपालिका- २५ निवासी शिव शक्ति बाबा वर्तमानमा नेपाल, सिक्किम, डुवर्स, भूटान आदि स्थानहरूमा लोकप्रिय बनेका छन्। दैविक शक्तिद्वारा विभिन्न रोगीहरूको उपचार गरी निको पार्नेक्षमता उनीसँग छ।

आफ्नो देब्रे हातको हत्केलामा भएको भाग्य रेखाहरूमा नै शिवको तेस्रो नेत्र अनि ब्रह्म, विष्णु, महेशको अवतरण भएको कारण त्यसै शक्तिलाई जागरण गरी रोगी वा पीडितहरूको सेवा गर्दै आएको उल्लेख गरेका छन्। उनको अलौकिक शक्तिद्वारा उपचार गर्नेविधिलाई आम मानिस वा उनको सान्निध्य रोगीहरूले एउटा दिव्य चमत्कार मान्दै आएका छन्।

ता. १ अगस्त २०२६ को साँझ म मेरा दुई मित्रहरूको साथमा काँकरभिट्टादेखि लेटाङ, जाँते पुगें जहाँ शिवशक्ति बाबाको मन्दिर वा आश्रम छ। जुलाईको मध्यतिर यो आश्रममा दक्षिण भारतका एक शंकराचार्य स्वयं आएर नवनिर्मित कालि मन्दिरको उद्घाटन अनि प्राण प्रतिष्ठान कार्य गरेका थिए।

बेलुकी पख शिवशक्ति बाबाको दर्शन भयो। यसै पुनित अवसरमा उनको अन्तर्वार्ता लिने सौभाग्य मैले पाएँ। साक्षातकारमा बाबाले भन्नुभयो– मेरो जीवनको उद्देश्य भनेको नै मानवताको सेवा हो। ईश्वरले मलाई अलौकिक शक्ति दिएर पठाउनुको कारण नै असहाय, अशक्त, दुर्बलहरूको उद्धार गर्नु हो। म विशेष गरेर कान नसुन्ने, अपाहिज, कुँजे अवस्था तथा अन्य रोगहरूको इलाज गर्ने गर्छु।

कुन विधिद्वारा उपचार गर्नु हुन्छ ?

शिवशक्ति बाबाले भन्नुभयो– मेरो दाहिने हातको हत्केलामा ईश्वरले नै दिव्य शक्ति प्रदान गर्नुभएको छ जसको प्रतापद्वारा म रोगीहरूको उपचार गर्छु। यसलाई चमत्कार भन्दा पनि हुन्छ। यो ईश्वरीय शक्तिको देन हो। अहिलेसम्म हजारौँ अपाहिज, कान नसुन्ने, हात-खुट्टा नचल्ने, बोलि नफूट्नेहरूको उपचार यसै ईश्वरीय शक्तिको माध्यमद्वारा गर्दै आएको छु। भविष्यमा पनि गर्नेछु।

आजको युग जहाँ मेडिकल साइन्सले आधुनिक यन्त्र अनि पद्धतिको असाधारण विकाश र प्रगति गरेको छ, त्यहीँ शिवशक्ति बाबा जस्तो चमत्कारी पुरुषहरूको ईश्वरीय शक्तिले आयुर्विज्ञानले निको गर्न नसकेको प्रमाणहरू धेरै छन्।

यो पत्रिकाको उद्देश्य जनजनमा शिवशक्ति बाबाको ईश्वरीय शक्तिद्वारा भएको मानव उद्धार कार्यको प्रचार-प्रसार हो। यो पत्रिकाको माध्यमद्वारा गरीब अनि सर्वहारा रोगीहरू उनको सम्पर्कमा आउन सकुन्। बाबा भन्नु हुन्छ म कुनै प्रकाण्ड विद्वान पण्डित गुरु वा शास्त्र विशेषज्ञ होइन। म त एउटा साधारण मनुष्य हूँ तर ईश्वरको असाधारण शक्तिद्वारा म असहाय, अशक्त तथा अपाहिजहरूको निःशुल्क उपचार गर्ने एउटा सेवक हुँ।

भारत र नेपालका शिवप्रेमी भक्तहरूको योगदानद्वारा जन्मिएको यो पत्रिकाले धेरभन्दा धेर पाठक पाउने छ र यो मासिक रूपमा नियमित प्रकाशित हुनेछ भन्ने मेरो विश्वास छ।

हातले छोएर गर्ने उपचारको इतिहास

Healing Therapy अथवा हातले छोएर उपचार गर्नेविधि (Touch Healing / Hands-on Healing) भनेको उपचारकर्ताले आफ्नो हात शरीरमा राखेर वा शरीरभन्दा केही माथि राखेर बिरामीको शारीरिक, मानसिक वा आध्यात्मिक स्वास्थ्य सुधार गर्ने उद्देश्यले गरिने अभ्यास हो। विभिन्न संस्कृति र परम्परामा यसको फरक-फरक स्वरूप पाइन्छ।

यसको इतिहास कति पुरानो छ?

यो उपचार पद्धति  प्राचीन मानिन्छ। हजारौँ वर्षदेखि विभिन्न सभ्यताहरूमा यसको उल्लेख पाइन्छ।

  • भारत: वैदिक तथा योग परम्परामा प्राण (जीवन ऊर्जा), नाडी र चक्रको अवधारणा विकसित भयो। प्राणद्वारा उपचार गर्ने विचार योग र आयुर्वेदसँग सम्बन्धित छ।

  • चीन: करिब २,०००३,००० वर्षअधि विकसित भएको परम्परागत चिनियाँ चिकित्सा (Traditional Chinese Medicine) मा Qi (ची) नामक जीवन ऊर्जाको अवधारणा छ। एक्यूपंचर र किगोङ (Qigong) यही सिद्धान्तमा आधारित छन्।

  • जापान: २०औँ शताब्दीको प्रारम्भमा Mikao Usui ले Reiki प्रणालीलाई लोकप्रिय बनाए।

  • प्राचीन मिश्र (Egypt) र युनान (Greece) मा पनि हातद्वारा उपचार गर्ने धार्मिक वा आध्यात्मिक अभ्यासहरूको उल्लेख पाइन्छ।

  • ईसाई परम्परामा पनि बिरामीमाथि हात राखेर प्रार्थना गर्ने (laying on of hands) प्रचलन रहेको छ। यसले देखाउँछ कि स्पर्शद्वारा उपचार गर्ने धारणा विभिन्न सभ्यतामा स्वतन्त्र रूपमा विकसित भएको छ।

शिव शक्ति बाबाले पनि यही Healing Therapy लाई अपनाउँदै उनको हातमा रहेको शक्तिद्वारा रोगीहरूको उपचार गर्दै आएका छन्

×
Scroll to Top